आजसम्म कायम सेयरधनीहरु एक्सेल डेभलपमेन्ट बैंकको लाभांस र हकप्रदका लागि योग्य हुने

2021-09-16
आजसम्म कायम सेयरधनीहरु एक्सेल डेभलपमेन्ट बैंकको लाभांस र हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस र हकप्रद सुरक्षित गर्ने आज(भदौ ३१ गते)अन्तिम दिन रहेको छ । बैंकले लाभांस तथा हकप्रद सेयर वितरणका लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस तथा हकप्रदका लागि योग्य हुनेछन् । 

बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँ बराबरको बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यस्तै बैंकले चुक्तापूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । 

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत साउन ३१ गते २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: