आजसम्म कायम सेयरधनीहरुले सनराइज बैंकको लाभांस पाउने

2021-12-16
आजसम्म कायम सेयरधनीहरुले सनराइज बैंकको लाभांस पाउने

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी पुस १५ गते आयोजना हुने १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: