आजसम्म कायम सेयरधनीहरु मितेरी डेभलपमेन्ट बैंकको लाभांसका लागि योग्य हुने

2021-12-28
आजसम्म कायम सेयरधनीहरु मितेरी डेभलपमेन्ट बैंकको लाभांसका लागि योग्य हुने

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

बैंकको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांस आगामी पुस २८ गते आयोजना हुने बैंकको १६ औँ वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: