आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-06
आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १८६.८१ अंकले घट्दै ११३४०.३७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १००.४ अंकले ओरालो लाग्दै १३४१०.४३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य १.९५ प्रतिशतले बढ्दै प्रतिकित्ता ६८० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य ३.७५ प्रतिशतले घट्दै प्रतिकित्ता १२०५ रुपैयाँमा सीमित भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २३.३२ अंकले घटदै २४७८.७५ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा तीनवटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। होटल उपसूचक ६२.७२ अंकले बढेको अन्य उपसूचक ७.०५ र म्युचुअल फन्ड ०.०१ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १७.०७,व्यापार ६४.२९,विकास बैंक ५२.५६,हाइड्रो ३३.६४,वित्त ३१.३१,उत्पादन तथा प्रशोधन २३.०३,लघुवित्त ५३.९८ र लगानी उपसूचक १.३८ अंकले घट्यो। 

आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै सोल्टी होटलको सेयरमूल्य ३.९९ र तारागाँउ रिजेन्सीको सेयरमूल्य ३.९४ प्रतिशतले बढ्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९ करोड ४१ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: