आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-03
आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३६.६५ अंकले घट्दै ९८६१.९२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६७.१५ अंकले घट्दै ८५३४.५७ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य १.८० प्रतिशतले बढ्दै प्रतिकित्ता ५०९ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज एशियन लाइफको सेयरमूल्य ४.३१ प्रतिशत र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ४.१६ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। आज नेप्से परिसूचक ३३.७६ अंकले घट्दै २०७८.७० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक २४.७ अंकले बढेको आज व्यापार ४४.८४,होटल २३.५,विकास बैंक ५६.६८,हाइड्रो ३१.९३,वित्त २१.२१,उत्पादन तथा प्रशोधन ८८.८७,अन्य १२.५९,लघुवित्त ६२.८२,म्युचुअल फन्ड ०.२६ र लगानी उपसूचक १.३२ प्रतिशतले घट्यो। 
आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै आज बलेफि हाइड्रोको सेयरमूल्य ९.९८ र गणपति लघुवित्तको सेयरमूल्य २.३५ अंकले बढ्यो। 

त्यस्तै आज किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ८.९५ प्रतिशतले घट्यो। त्यस्तै उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.६५ प्रतिशत र प्रोगेसिभ लघुवित्तको सेयरमूल्य ४.६० प्रतिशतले घट्यो।

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ६ करोड २३ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: