आज पनि थामिएन बजारको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-08
आज पनि थामिएन बजारको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २९४.४४ अंकले घट्दै १३१२२.६३ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीम उपसूचक पनि २३५.६९ अंकले ओरालो लाग्दै १०८८७.०३ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए । आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.०३ प्रतिशतले बढ्दै प्रतिकित्ता ६८४ रुपैयाँ कायम भयो । त्यस्तै नेपाल  पुनर्बीमा कम्पनीको सेयरमूल्य ०.३३ प्रतिशतले बढ्यो । 
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घट्दै प्रतिकित्ता ६०० रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ५३.१० अंकले घट्दै २४५५.८० बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक २६.१३ अंकले घटेको आज व्यापार ९९.१८, होटल एण्ड टुरिजम ७५.२१, विकास बैंक १५१.२१, हाइड्रोपावर ८९.४८, वित्त ७४.१, उत्पादन तथा प्रशोधन १७०.५६, अन्य २२.१८, लघुवित्त १२५.६२, म्युचुअल फन्ड ०.११ र लगानी उपसूचक १.९४ अंकले घट्यो । 

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो बैंकको सेयरमूल्य १.९४ प्रतिशतले बढ्यो । 

आज सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । संस्थाको सेयरमूल्य ८.५४ प्रतिशतले घट्यो । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.३०, ग्रिन डेभलपमेन्ट बैंक ७.६१ र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ७.३९ प्रतिशतले घट्यो । 

यो दिन नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ११ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।


Share this with your friends: