आज पनि दोहोरो अंकले बढ्यो बजार,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-17
आज पनि दोहोरो अंकले बढ्यो बजार,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपुसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८०.२७  अंकले बढ्दै १६६१३.४२ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५०.४१ अंकले उकालो लाग्दै १३३८५.११ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.५२ प्रतिशतले बढ्यो।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। आज प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य १.४१ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक २०.६४ अंकले बढ्दै २९४७.३८ बिन्दुको उचाइमा पुग्यो। आज बजारमा २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ८० करोड १८ लाख ९० हजार ६६८.०४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १९.४६अंकले बढेको आज होटल एण्ड टुरिजम ६.७४, हाइड्रोपावर ५५.९४,उत्पादन तथा पशोधन ९९.३२,म्युचुअल फन्ड ०.२१ र अन्य २३.८६ अंकले बढ्यो। 

५ वटा उपसूचकमा आज गिरावट आयो। आज विकास बैंक उपसूचक २३.३३, वित्त ०.९२, लगानी ०.२६,लघुवित्त ६.५४ र व्यापार उपसूचक ९.८३ अंकले घट्यो। 

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै सिंगटी हाइड्रोको सेयरमूल्य ८.१९, सिईडिबि हाइड्रोपावर ८.०१ र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७.७८ प्रतिशतले बढ्यो। 

ेआज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य २.९१ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४४ करोड ५४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: