आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-28
आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.०६ अंकले ओरालो लाग्दै १४४६३.७४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५२.४९ अंकले घट्दै १२१६८.८४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परे। आज सानिमा लाइफको सेयरमूल्य ४.५२,ज्योति लाइफ ४.४५,प्रुडेन्सियल इन्स्योरेन्स ४.३२,प्रभु लाइफ ४.०६ र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३.७४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २९.९८ अंकले घट्दै २५४२.२८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३१ कम्पनीका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ८.६३ अंकले घटेको आज व्यापार ६०.५८,होटल २४.४१,विकास बैंक ७५.०९,हाइड्रो २४.३,वित्त ४९.०५,उत्पादन तथा प्रशोधन ८४.८७,अन्य ४३.३६,लघुवित्त ४०.४८,म्युचुअल फन्ड ०.०८ र लगानी उपसूचक ०.९३ अंकले घट्यो। 
आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। राष्ट्र उत्थानको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशतले बढ्यो। 

आज आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.८२ प्रतिशतले ओरालो लाग्यो। 

यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। जीवन विकास आज २२ करोड २४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: