आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सद्वारा आईपीओ निष्कासन

2022-02-14
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(फागुन २ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु गाउँपालिका ९(साविकको पोकली गाविस)लिखु गाउँपालिका १(साविकको दुरा गाविस)रामेछाप,लिखु तामाकोशी गाउँपालिका २(साविकको सैबु गाविस)रामेछाप र उमाकुण्ड गाउँपालिका(साविकको भुजी गाउँपालिका)रामेछाप जिल्लाका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने रु.१०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा चैत १ गते बैंकिङ समयपश्चात बन्द हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: