आरएमडीसी लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

2020-11-23
आरएमडीसी लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सेयरमूल्य समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८३१ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९९० रुपैयाँ थियो। 
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३.७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश(लाभांश करसहित) रहेका छन्। 

संस्थाले आज मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: