आरएसडीसी र लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-16
आरएसडीसी र लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले आरएसडिसी लघुवित्तद्वारा प्रस्तावित १० प्रतिशत र लक्ष्मी लघुवित्तद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले आरएसडिसी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७९२.७३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ८७२ रुपैयाँ कायम थियो । 

त्यस्तै लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १६०८.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १९३०.६० रुपैयाँ कायम थियो ।


Share this with your friends: