आशा लघुवित्तको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

2020-12-27
आशा लघुवित्तको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सेयरमूल्य समायोजन गर्दै नप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता ८७० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार रुपैयाँ कायम थियो। 

संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांस गरी कुल १५.७८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांसमा चुक्तापूँजी २३ करोड २२ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८३५ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: