काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४ प्रतिशत नगद लाभांस गरी कुल २६.३१५७८९४ लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी २६ करोड ७१ लाख ३१ हजार २ सय रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँबराबरको बोनस सेयर र १.३१५७८९४ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।