इटलीको शीर्ष बीमा कम्पनी ‘जेनेरली’ले कोरोनाबाट प्रभावित युरोपेली देशहरुमा ३.५ बिलियन युरो लगानी गर्ने

2021-02-25
इटलीको शीर्ष बीमा कम्पनी ‘जेनेरली’ले कोरोनाबाट प्रभावित युरोपेली देशहरुमा ३.५ बिलियन युरो लगानी गर्ने

काठमाण्डौ। इटलीको शीर्ष बीमा कम्पनी ‘जेनेरली’ले कोरोनाबाट प्रभावित युरोपेली देशहरुमा ३.५ बिलियन युरो लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले बुधबार कोरोनाबाट प्रभावित युरोपेली देशहरुको पुनरुत्थानमा सहयोग पुर्याउन ३.५ बिलियन युरो बराबरको लगानी योजना सार्वजनिक गरेको हो। 

कम्पनीले आफ्नो स्थापनाको १९० औँ वार्षिकोत्सव मनाउने क्रममा इटली, फ्रान्स र जर्मनीमा लगानी गर्ने सुरुवाति योजना सार्वजनिक गरेको छ। कम्पनीले पछि यो योजनालाई आफ्नो कार्यक्षेत्र भएका अन्य युरोपेली देशहरुमा समेत लागू गर्ने जनाएको छ। 

युरोस्ट्याटका अनुसार कोरोना महामारीका कारण सन् २०२० मा युरो क्षेत्रको अर्थतन्त्र ६.८ प्रतिशतले संकुचित बनेको थियो भने २७ राष्ट्र सदस्य भएको युरोपियन युनियनको अर्थतन्त्र ६.४ प्रतिशतले संकुचित बनेको छ। 

सन् १९९५ मा सिरिज सुरु भएसँगै यो संकुचन अहिलेसम्मकै सबैभन्दा ठूलो भएको युरोस्ट्याटले जनाएको छ। 

जेनेरलीले १.०५ बिलियन युरो बराबरको १० वटा लगानीका क्षेत्रहरु पहिचान गरिसकेको जनाएको छ। यी लगानीका क्षेत्रहरुले साना तथा मझौला व्यापार व्यवसाय, हरित गृह, डिजिटल पूर्वाधार, स्वास्थ्य र ऊर्जाको विकासलाई समेट्नेछ। 

यस्तै कम्पनीले यो सुरुवाति लगानीसँगै अबको ५ वर्षसम्म वार्षिक ५०० मिलियन युरोको प्रतिबद्धता समेत जाहेर गरेको छ।   

 

italy   

Share this with your friends: