इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

2021-01-22
इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले संस्थाको सेयरमूल्य समायोज गर्दै प्रतिकित्ता १३४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १५३८ रुपैयाँ कायम थियो। 
संस्थाले यसअघि गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। 

 


Share this with your friends: