इष्टर्न हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

2021-12-14
इष्टर्न हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर २४ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १२ करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 
बोर्डबाट अनुमति प्राप्तपश्चात कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।      


Share this with your friends: