काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा आ.व २०७६/७७ असारसम्म कायम चुक्तापूँजी १४ करोड ९५ लाख ३६ हजार ६५० रुपैयाँको १७. ८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ०५६.३८ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।