उपकार लघुवित्तले चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-03-30
उपकार लघुवित्तले चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्टाइएको सेयर मध्येको ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा चैत २९ गते र ढिलोमा वैशाख ९ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको हो । 


Share this with your friends: