उपकार लघुवित्तको आईपीओमा आवेदन दिने म्याद थप

2022-04-12
उपकार लघुवित्तको आईपीओमा आवेदन दिने म्याद थप

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुलाको म्याद थप गरिएको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअुसार चैत २७ गते राम नवमीको बिदा दिइएकाले कम्पनीको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरिएको संस्थाले जनाएको छ । 

संस्थाको आईपीओमा अब भोलि अर्थात चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । 

संस्थाले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु। १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको छ । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्टाइएको सेयर मध्येको ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको थियो ।    


Share this with your friends: