काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई लाभांस घोषणा गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि यी तीनवटै म्युचुअल फन्डका लागि लाभांस घोषणा गरेको हो ।
बैंठकले एनआईबिएल प्रगति फन्डका इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांस(३७ करोड ५० लाख)करसहित प्रतिफल वितरणको प्रस्ताव गरेको छ ।
त्यस्तै एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई ५० प्रतिशत र एनआइबिएल समृद्धि फन्ड–१ का लागि ३५ प्रतिशत नगद लाभांस घोषणा गरिएको छ ।