एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-08-12
एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज(ुाउन २८ गते) अन्तिम दिन रहेको छ । एनआईबिएल समृद्धि फन्ड–१ को प्रस्तावित ३५ प्रतिशत र एनआईबिएल प्रगति फन्डको प्रस्तावित ५० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण प्रयोजनका लागि यी दुवै म्युचुअल फन्डको बुक क्लोज मिति भोलि अर्थात साउन २९ गतेका लागि तय गरिएकाले आजसम्म कायम सेयरधनीहरुमात्रै उक्त लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि क्रमशः ३५ प्रतिशत र ५० प्रतिशत नगद लाभांस  वितरणको घोषणा गरेको छ ।     


Share this with your friends: