एनआईसी एशिया बैंकद्वारा २०% लाभांस वितरणको प्रस्ताव

2020-10-21
एनआईसी एशिया बैंकद्वारा २०%  लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो(मंगलबार) सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । 

बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश वितरणको निर्णय गरेको हो । 

प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृतपश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ ।
 

 


Share this with your friends: