एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय

2021-08-08
एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको १० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले साउन २७ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको १० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 


Share this with your friends: