एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-24
एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष(२०७६/७७)को मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ। यसर्थ आज(मंसिर ९गतेसम्म) कायम सेयरधनीहरु मात्रै बैंकले प्रस्ताव गरेको लाभांस पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बैंकले आउँदो मंसिर २१ गतेका लागि २३ औँ वार्षिक साधारण सभा डाकेको छ। 

बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको छ।   

 


Share this with your friends: