एनआईसी एसिया बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

2020-11-25
एनआईसी एसिया बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो।

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसियाले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको छ । यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। 

एनआईसी एसियाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयरसँगै १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको प्रस्तावित लाभांश यही मंसिर २१ गते डाकेको २३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।

बैंकले आज (मंसिर १० गते) देखि मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: