एनएमबी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-21
एनएमबी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

बैंकले गत आर्थिक वर्षका लागि १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस गरी कुल १५.८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी पुस २२ गते आयोजना हुने बैंकको २६ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: