एनएमबी बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-01-23
एनएमबी बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २२ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

संस्थाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न संस्थाले आह्वान गरेको छ। 

यस्तै बैंकले साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस सेयर सूचिकरण भएपश्चात सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिने व्यवस्था मिलाइने समेत जनाएको छ । 


Share this with your friends: