एभरेष्ट इन्स्यारेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

2020-08-10
एभरेष्ट इन्स्यारेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो साउन ६ गते मंगलबार कमाठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजना गर्ने निर्णय गरेको हो। 

सभामा अन्य निर्जीवन बीमा कम्पनीसँगै मर्जरमा जाने एजेन्डा विशेष प्रस्तावका रुपमा राखिनेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बनधी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले गर्नेछ। 

सभाले गत आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायत महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। 

वार्षिक सभा प्रयोजनका लागि कम्पनीले यही असार २५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब सभामा भाग लिन असार २४ गतेभित्र यो कम्पनीको सेयर सदस्य भइसकेको हुनुपर्नेछ। 


Share this with your friends: