एभरेष्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-02-24
एभरेष्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको हो। 

यससँगै संस्थापक र साधारणको स्वामित्व अनुपात ५९.२३ः४०.७७ कायम भएको छ। 

सेयर रुपान्तरण पश्चात बैंकमा संस्थापक लगानीकर्ताको स्वामित्व ५९.२३ प्रतिशत पुगेका छ भने साधारण लगानीकर्ताको स्वामित्व ४०.७७ प्रतिशत पुगेको छ।  

 


Share this with your friends: