एलआईसीको आईपीओ यसै आर्थिक वर्षमा जारी गरिने

2022-02-02
एलआईसीको आईपीओ यसै आर्थिक वर्षमा जारी गरिने

काठमाण्डौ । भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)को आईपीओ यसै आर्थिक वर्षमा जारी गरिने भएको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणका क्रममा एलआईसीको आईपीओ आगामी अप्रिल १ देखि लागू हुने यसै आर्थिक वर्षमा नै जारी गरिने बताएकी हुन्। 

सीतारमणले हिजो(फेब्रअरी १)मा बजेट प्रस्तुत गरेकी थिइन्। 

सीतारणको बजेट भाषणलाई उद्धृत गर्दै‘डिपार्टमेन्ट अफ इन्भेष्टमेन्ट एण्ड पब्लिक एसेस्टस् म्यानेजमेन्टका सचिव तुहिन कान्ता पाण्डेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै एलआईसीको डीआरएचपी(ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस)अबको दुई साताभित्रमा पेस गरिने बताए। 
भारतीय रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ । भारतको केन्द्रिय बजेट २०२१–२०२२ मा यो मेगा आईपीओका लागि विभिन्न कानुनी तथा कार्यकारी कदम उठाइएको छ । 

एलआईसी भारत एउटा वैधानिक निगम हो । जसको स्थापना एलआईसी ऐन १९५६ अन्र्तगत भएको थियो । एलआईसी भारत सरकारको पूर्ण स्वामित्व रहेको भारतीय बीमा क्षेत्रको अग्रेणी बीमा कम्पनी हो । यसको भारतबाहिर बेलायत,फिजी र मौरिसस गरी तीनवटा शाखा रहेका छन् । 
यसको अलावा सिंगापुरमा पूर्ण स्वामित्वको सहायक इकाई र बहराईन, केन्या,श्रीलंका,नेपाल,साउदी अरब र बंगलादेशमा ज्वाइन्ट भेन्चर कम्पनी रहेको छ । भारतमा यसको सहायक कम्पनीका रुपमा एलआईसी पेन्सन फन्ड लिमिटेड र एलआईसी कार्ड सर्भिसेस लिमिटेड रहेका छन् ।     

 


Share this with your friends: