एलआईसी भारतको आईपीओको मूल्य भारु.२ हजारसम्म हुन सक्ने,विदेशी लगानीकर्तासँग रोड शो सुरु

2022-02-16
एलआईसी भारतको आईपीओको मूल्य भारु.२ हजारसम्म हुन सक्ने,विदेशी लगानीकर्तासँग रोड शो सुरु

काठमाण्डौ । भारतको सैबभन्दा ठूलो दाबी गरिएको एलआईसी भारतको आईपीओको तयारी तीव्र पारिएको छ। भारत सरकारको स्वामित्वको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)भारतले अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि ‘रोड शो’सुरु गरेको छ। 
 
एलआईसीले विदेशी लगानीकर्ताहरु जस्तै एचएसबीसी,क्यापिटल गुप्र,क्यालिफोर्निया युनिर्भसिटी,अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी र सिंगापुर जीआसीसँग बैठक गरेको छ। यसमा क्यानेडियन पेन्सन फन्ड,स्ट्याण्डर्ड लाइफ र एचएसबीसी म्युचुअल फन्ड समेत समावेश छन्। 
 
यस्तोमा कम्पनीको निकाष्नस मूल्य प्रतिकित्ता २ हजार रुपैयाँसम्म निर्धारण हुन सक्ने अपेक्षा गरिएको छ। एलआईसीले आईपीओ निष्कासनका लागि ‘सेक्युरिटी बोर्ड अफ इन्डिया’(सेबी) समक्ष मस्यौदा पेस गरेको छ। कम्पनीले आईपीओ निष्कासनबाट ६०–६५ हजार करोड भारतीय रुपैयाँ जुटाउने छ। एलआईसीले ३१.५ करोड कित्ता सेयर बिक्री गर्नेछ। जुन कम्पनीको चुक्तापूँजीको ५ प्रतिशत हुन आउँछ। यस आधारमा कम्पनीको निष्कासन मूल्य २ हजार रुपैयाँको आसपास हुन सक्ने जनाइएको छ। कम्पनीसँग कुल ६३२ करोड कित्ता सेयर रहेको छ। कम्पनीले रिटेल लगानीकर्तालाई ५ प्रतिशत डिस्काउन्ट दिनेछ। यसर्थ रिटेल लगानीकर्ताका लागि सेयरमूल्य प्रतिकित्ता १९०० रुपैयाँ आसपास हुन सक्नेछ। 
 
स्वदेशी लगानीकर्ताका लागि भने केहि समयपश्चात रोड शो सुरु गरिने कम्पनीले जनाएको छ। निष्कासनको समयमा ठूलो संख्यामा सहभागीता होस् भन्ने अभिप्रायले कम्पनीले सर्वप्रथम विदेशी लगानीकर्ताबाट भरोसा चाहेको छ। भारतको सबैभन्दा ठूलो आईपीओ तथा सरकारले निष्कासन लागेकाले एलआईसी यसमा कुनै पनि चुक नहोस् भन्ने चाहन्छ। कम्पनीे पहिले नै सतप्रतिशत सब्सक्रिव्प्सन होस् भन्ने चाहन्छ। 
 
भारतीय सेयर बजारमा एलआईसीको हिस्सा ३.६७ प्रतिशत रहेको छ। अर्थात अन्य कम्पनीमा एलआईसीको स्वामित्व ३.६७ प्रतिशत अर्थात ९.५३ लाख करोड भारतीय रुपैयाँ रहेको छ। 
 
भारतको नेशनल स्टक एक्सचेन्जमा सूचीकृत २७८ यस्ता कम्पनी छन्,जसमा एलआईसीको स्वामित्व १ प्रतिशतभन्दा धेरै रहेको छ। भारतीय सेयर बजारमा बीमा कम्पनीहरुको कुल लगानीको ७७ प्रतिशत लगानी एलआईसी भारतको रहेको छ।

 


Share this with your friends: