एशियन हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

2022-01-06
एशियन हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले ११ करोड ८० लाख रुपैयाँको रु.१०० अंकित दरका ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 
बोर्डबाट अनुमति प्राप्तपश्चात कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: