एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकद्वारा ऋण अटोमेसन प्रणालीको सुरुवात

2021-06-08
एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकद्वारा ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले अनलाइन ऋण आवेदन, इन्टनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ। 

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी श्री अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष श्री विपुल ढकालले आआफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्। 

क्रेडिट–एक्स ९ऋण अटोमेसन प्रणाली० को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्नसक्षम हुनेछन्। यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ। यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ। 

यो नयाँ प्रणाली कार्यान्वयन भएसँगै बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्। थप रूपमा बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउने बैंकले जनाएको छ । 


Share this with your friends: