कनेक्ट आईपीएसमार्फत जीवन बीमा प्रिमियम भुक्तानी गर्दा पूरै वा अधिकतम रु.२५ हजार रुपैयाँसम्म फिर्ता हुने

2021-05-28
कनेक्ट आईपीएसमार्फत जीवन बीमा प्रिमियम भुक्तानी गर्दा पूरै वा अधिकतम रु.२५ हजार रुपैयाँसम्म फिर्ता हुने

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ। 

यो अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु १ हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन्। यस्तै एकजना भाग्यशालीले प्रिमियम भुक्तानीबराबरको पूरै वा अधिकतम रु २५ हजार रुपैयाँसम्म रकम फिर्ता गरिनेछ। 

यो अफर जेठ १३ गतेदेखि ७ हप्तासम्म अर्थात असार ३० गतेसम्म लागू हुनेछ। यो अफर केनेक्ट आईपीएसवेभ, मोबाइल एप(वित्तीय कारोबार ट्याबाट सुरु गरिएको) र जीवन बीमा कम्पनीको वेभ पोर्टलको भुक्तानी प्रोसेसर(गेटवे) बाट जीवन बीमा प्रिमियम भुक्तानीको सफल कारोबारहरुका लागि मान्य मान्य हुनेछ। 

विजेताको घोषणा नेपाल क्लियरिङ हाउसको आधिकारिक पेजबाट साताको प्रत्येक बिहिबार गरिनेछ। विजेताले जितेको रकम हस्तान्तरण गरिने छैन। उक्त रकम प्रिमियम रकम भुक्तानी गरिएको बैंक खातामा नै जम्मा गरिनेछ। 

यो अफरमा एनसीएचएलमा आवद्ध कर्मचारी तिनका परिवारका सदस्यहरु भने सहभागी हुन योग्य हुने छैनन। यो अफरका लागि एनसीएचएलले गर्ने निर्णहरु नै अन्तिम मानिन ेछन् र अफरका केहि नियमहरु परिवर्तन गर्ने अधिकार एनसीएचएलमा निहित हुनेछ। 

 


Share this with your friends: