नेप्सेमा ४ कम्पनीका ८५.४९ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-03-21
 नेप्सेमा ४ कम्पनीका ८५.४९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा वोमी लघुवित्त,नेपाल एसबीआई बैंक,प्राइम लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । 

यी चारवटै कम्पनीको कुल ८५ लाख ४९ हजार ९६६.८३०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८०,नेपाल एसबीआई बैंकको ३३ लाख २२ हजार ७५२.२६०३,प्राइम लाइफ ३६ लाख २५ हजार ५८५.५४ र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस सेयर रहेका छन् । 


Share this with your friends: