कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद निष्कासन गर्ने, बुक क्लोज मिति कहिले ?

2022-01-02
कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद निष्कासन गर्ने, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदुनिष्कासनका लागि आगामी पुस २६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ पुस २५ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले मात्रै बैंंकद्वारा जारी गरिने हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी माघ २७ गते बन्द हुनेछ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाण्डौ, कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरु विरगंज १३ आर्दशनगर पर्सा, ड्राइपोर्ट पर्सा,विरगंज ३१ चोर्नी, विरगंज ८ बसपार्क तथा सि–आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।   


Share this with your friends: