कारोबार बढेपनि परिसूचकमा भने गिरावट,नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-08
कारोबार बढेपनि परिसूचकमा भने गिरावट,नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ५६.२२ अंकले बढ्दै १३२२५.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १६८.५४ अंकले घट्दै १५६३८.५८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले बढ्दै प्रतिकित्ता ९२० रुपैयाँ कायम भयो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य २.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता १८९२५ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १६.३० अंकले घट्दै २८३५.५८ बिन्दुको उचाइमा पुग्यो। 
यो दिन बजारमा २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर ६अर्ब २८ करोड ७२ लाख १७ हजार ९८२ रुपैयाँमा किनबेच भयो। 
आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो भने अन्य ५ वटा उपसूचकमा रातो पोतियो। आज व्यापार उपसूचक २.६८, होटल ३.७४,उत्पादन तथा प्रशोधन २७.५४ र म्युचुअल फन्ड ०.०८ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ६.४७ अंकले घटेको आज विकास बैंक ५१.२१,हाइड्रोपावर ५३.६५,वित्त ९.२,लघुवित्त ३६.३७ र लगानी उपसूचक १.५२ अंकले घट्यो। 

आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले बढ्यो। त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.४४ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य २.९९ प्रतिशतले बढ्यो। 

आज लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले घट्यो। यसैगरी नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ५.१८ र बोटलर्स नेपाल तराइको सेयरमूल्य ३.९५ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको आज ३५ करोड ८५ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: