किसान लघुवित्तद्वारा लाभांस प्रस्ताव

2022-01-17
किसान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख ९ हजार २९२ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।  


Share this with your friends: