किसान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-06-02
किसान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १९ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

संस्थाले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी जेठ २८ गते आयोजना हुने संस्थाको तेस्रो वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: