काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ मा कायम रहेको साधारण चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । यस्तै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांस रकम प्रदान गर्ने निर्णय गरेको छ ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।