काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र बाँडफाँड गरिएको हो ।
बैंकले गत वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म चिठीपत्र वा कुनै विद्युतीय सञ्चार माध्यमबाट प्रयोग गरी रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र निष्कासन गरेको थियो ।
बैंकको ऋणपत्र निष्कासन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले २५ लाख ७३ हजार ०२५ कित्ता ऋणपत्र बाँडफाँड गरिएको जनाएको छ ।