कृषि विकास बैंकद्वारा ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह

2021-09-01
कृषि विकास बैंकद्वारा ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाहरुबाट पारित भएको चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांस रकम नलिएका सेयरधनीहरुलाई आफ्नो लिन बाँकी लाभांस पूर्जा बुभिलिन आग्रह गरेको हो । 

यसका लागि बैंकको सेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा सम्पर्क राखि लाभांस पूर्जा लिन आग्रह गरेको छ । उक्त लाभांस पूर्जा आगामी असोज २५ गतेसम्म संकलन गरी आफ्नो खातामा लाभांस रकम रकमान्तर गर्नुपर्नेछ । 

यदि उल्लेखित मितिमा पनि लाभांस पूर्जा बुझिलिन नआएमा उक्त लाभांस रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । 
यसका साथै एनआईबीएल एस क्यापिटलमा सम्पर्क राख्न असमर्थ सेयरधनीहरुले असोज २५ गतेसम्म कृषि विकास बैंकको कुनै पनि शाखा कार्यालयहरुमार्फत आवेदन दिई भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांस पूर्जा संकलन गर्न सकिने बैंकले जनाएको छ ।  


Share this with your friends: