कोरोनाका कारण जीवन तथा स्वास्थ्य बीमा प्रतिको दृष्टिकोणमा परिवर्तन

2020-09-27
कोरोनाका कारण जीवन तथा स्वास्थ्य बीमा प्रतिको दृष्टिकोणमा परिवर्तन

काठमाण्डौ । कोरोनाका कारण विश्वभरका मानिसहरुको जीवन तथा स्वास्थ्य बीमाप्रति हेर्ने दृष्टिकोण बदलिएको छ। रिमार्कको वार्षिक विश्वयापि उपभोक्ता अध्ययन(जिसिएस)को सातौँ संस्करणका अनुसार कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आफ्नो स्वास्थ्यप्रति जोखिम मोल्न चाहदैनन र स्वास्थ्यको सुरक्षाप्रति बढी चासो दिन थालेका छन्। 

यो वर्षको मे महिनामा विश्वका अधिकांस देशहरु लकडाउनमा रहेका बेला रिमार्कले कोरोनाका कारण मानिसहरुले बीमा र जोखिमप्रति आफ्नो दृष्टिकोणमा कत्तिको परिवर्तन ल्याय भन्ने अध्ययन गर्नका लागि १८ देशका उपभोक्ताहरुमाथि सर्वेक्षेण गरेको थियो। 

उक्त सर्भेक्षणको नतिजाले ग्रोथ मार्केटको रुपमा वर्गिकरण गरिएका देशका युवाहरुले कोरोना महामारीको जोखिमका कारण जोखिम र बीमाप्रतिको आफ्नो अवधारणा र दृष्टिकोणमा व्यापक परिवर्तन आएका बताएका थिए। 

सर्भेक्षणमा सन् १९४६–१९६४ का बिचमा(बुमर्स) जन्मिएका २२.३ प्रतिशतको तुलनामा १९९६(जेन जेट) पछि जन्मिएका ५१.३ प्रतिशत युवाहरुको दृष्टिकोण बदलिएको पाइएको थियो। 

त्यस्तै १३.२ प्रतिशत जर्मन नागरिकहरुको तुलनामा ८१.९ प्रतिशत भारतिय मानिसहरुले कोरोनाका कारण जोखिम र बीमाप्रति आफुहरुको दृष्टिकोण बदलिएको बताएका थिए। 

रिमार्ककी सिईओ ना जियाले सर्भेक्षणको नतिजाले बीमालाई ग्रहण गर्ने विषय र एप्रोचका बारेमा महत्वपूर्ण सन्देश दिएका विश्वास लिएकी छिन्। उनी भन्छिन् “विश्वव्यापी महामारीले केहि वर्ष अघिदेखि विकास भइरहेका टे«ण्डहरुलाई तिव्रता दिने काम गरेको छ। युवा जमातमाझ जोखिम प्रतिको सचेतना वृद्धि गर्न यो महामारीले फास्ट ट्रयाकको काम गरको छ। जुन प्राप्ती गर्न आम रुपमा धेरै समय लाग्ने गर्दछ।” 

यसका साथै उनी सामाजिक सञ्जालहरुमा कोरोनाबाट भइरहेको मृत्युदरको समाचारहरुले मानिसहरु जोखिमप्रति अझै धेरै सजग भइरहेको र सर्भे अनुसार ग्रोथ मार्केटहरु चीन, भारत र मेक्सिकोमा महामारीको कारण बीमाप्रति दृष्टिकोण व्यापक रुपमा बदलिएको मान्छिन्। 

रिमार्कको विश्वव्यापी उपभोक्ता अध्ययनमा देखिएको जीवन र स्वास्थ्य बीमा परिवर्तनहरुले अन्य बिजनेश सेक्टरहरुले सामना गरिरहेका ट्रेण्डहरुलाई प्रतिबिम्बत गर्दछन्। सन् २०२० ले सम्पूर्ण विश्वलाई नै संकटमा पारेसँगै मानिसहरुले आफ्ना अतिआवश्यकीय आवश्यकताहरुलाई पुर्नव्याख्या गर्नुका साथै पुर्न मुख्यांकन गर्न थालेका छन्। जसमा उपयुक्त स्तरको बीमा हुनुपर्ने विषय पनि समावेश छ। 

लकडाउनका बेला बजारको गतिविधीले परम्परागत बिक्रीलाई सीमित गर्दे मानिसहरुलाई अनलाइनमा जान बाध्य पार्यो र बजारलाई अझै धेरै प्रविधि मैत्रि बनाएको छ। जसका कारण मानिसहरुलाई कन्टयकलेस खरीदको कारोबार गर्न छिटो छरितो र सहजता प्रदान गरेको छ। 

मानिसहरुलाई सम्पर्कविहिन कारोबार गर्न भित्रइएका एप्सहरुले उपभोक्तामाझ बीमा प्रडक्टहरुको उपलब्धता र पहुँच धेरै नै बढाइदिएको छ। यसको पुष्टि सर्भेमा सहभागि विश्वभरका ७४ प्रतिशत मानिसहरुले आफुहरु कन्ट्याकलेस च्यानलहरु प्रयोग गर्न चाहेको भन्ने कुराबाट गर्न सकिन्छ। 

कन्ट्याकलेस च्यानलहरुमा परिवर्तनहरुको भौगोलिक भिन्नताहरु आश्चर्यजनक रुपमा प्रविधि अपनाउने विषयसँग जोडिएको छ। चीनमा बीमा प्रवेशको दर ८५.७ प्रतिशत, भारतमा ८३.९ प्रतिशत र दक्षिण कोरियामा ८२.१ प्रतिशत रहेको छ। यस्तै स्मार्ट फोनको प्रयोगकर्ता धेरै रहेका आयरल्याण्ड ,बेलायत र अष्ट्रेलियामा क्रमश ५७.२, ४६.० र ४५.५ प्रतिशत रहेको छ। डिजिटल सेवामा जाने कदम युवा ग्राहकहरुसँग जोडिएको छ र यो वर्ग एप्सहरु चलाउदै हुर्किएको वर्ग हो। 

तथापि ग्राहकप्रतिको सेवाहरुको कुरा आउदा यो उमेर वर्गको अपेक्षाहरु पनि बढ्ने गर्दछ। त्यसैले सम्पर्कविहिन अन्र्तक्रियाहरु सरल, छिटो छरितो र उपलब्धीपूर्ण हुनु पर्दछ। 

 


Share this with your friends: