कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य बीमा प्रदान गर्न भारतीय बीमकहरुद्वारा अस्वीकार

2021-05-04
कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य बीमा प्रदान गर्न भारतीय बीमकहरुद्वारा अस्वीकार

काठमाण्डौ । भारतका बीमा कम्पनीहरुले कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य कभर प्रदान गर्न अस्वीकार गरेका छन्। भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि बीमा कम्पनीहरुले यस्तो कदम चालेका हुन्। 
 
भारतीय बीमकहरुले कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य कभर प्रदान गर्न अस्वीकार गर्दै बीमा पोलिसी नविकरण गर्न ६ महिनासम्म पर्खन आग्रह गरेका छन्। 
 
‘पोलिसी प्रपोजलको बेला बीमितहरु कोरोना संक्रमणबाट पूर्ण रुपमा मुक्त भएको र कुनै साइड इफेक्ट नभएको सुनिश्चित गर्न हामीले यो अवधि(कुलिङ अफ परियड)को व्यवस्था गरेका हौँ।’ स्टार हेल्थ एण्ड एलाइड इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर आनन्द रोईले बताए। 
द इण्डियन एक्सप्रेसका अनुसार कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएको दुई घण्टाभित्र नगदरहित प्रणालीबाट अस्पतालको बिल भुक्तानी गर्न बीमा नियामक आईआरडीएआईले दिएको निर्देशनका बाबजुत केहि भारतीय बीमकहरुले कोभिड–१९ सम्बन्धित मामिलाहरुमा क्षतिपूर्ति तिर्न अस्विकार गरिरहेका छन्। 
 
भारतीय बीमकहरुले दाबी भुक्तानीलाई मध्यनजर गर्दै स्वस्थ व्यक्तिहरुलाई नयाँ कोरोना पोलिसीहरु जारी गर्न समेत अस्वीकार गरिरहेको भारतीय ग्राहकरुल गुनासो गरेका छन्। 
 
सरकारी तथ्यांकका ेअनुसार भारतमा करीब २ करोड मानिसमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १ करोड ६० लाख संक्रमित निको भईसकेका छन्। 
 
भारतका बीमकहरुले कोरोना बीमा गरेका ५४ प्रतिशतको मात्रै दाबी भुक्तानी गरेका छन्। कोरोना बीमा दाबी भुक्तानीका लागि परेको १४६.१ बिलियन भारतीय रुपैयाँमध्ये भारतीय बीमकहरुले ७९ बिलियन भारतीय रुपैयाँ बराबरको दाबी भुक्तानी मात्रै गरेका छन्। 

Share this with your friends: