कोरोना खोप विकास भएको खबरले विश्वका बीमा कम्पनीको सेयरमूल्यमा उछाल

2020-11-10
कोरोना खोप विकास भएको खबरले विश्वका बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । फाइजर र जर्मनीको बायोटेक कम्पनी बायोएन टेकले कोरोना विरुद्धको खोप विकास गरेको घोषणा गरेसँगै विश्व सेयर बजारमा बीमा कम्पनीका सेयरमूल्यमा उछाल आएको छ। 

कोरोना विश्ररुद्धको खोप ९० प्रतिशत सफल भएको खबर बाहिरीएपछि बेलायतको बहुराष्ट्रिय बीमा कम्पनी एभियाको सेयरमूल्य झण्डै ८ प्रतिशतले वृद्धि भएको छ। यस्तै फ्रान्सको बहुराष्ट्रिय बीमा कम्पनी एक्साको सेयरमूल्य पनि १० प्रतिशतले बढेको छ। फ्रान्सको पुनर्बीमा कम्पनी स्करको सेयरमूल्यमा १७ प्रतिशतको उछाल आएको छ भने वर्कसायर हाथवेको सेयरमूल्य पनि ७ प्रतिशतले बढेको छ। 

खोप विकासको शुभ खबरले बीमा तथा वित्त कम्पनी अमेरिकन इन्टरनेशनल गुप्र(एआईजी)को सेयरमूल्य १३ प्रतिशतले उकालो लागेको छ।

खोप विकासको घोषणाले कोरोना महामारीले नराम्ररी प्रभावित भएका बीमा लगायत एयरलाइन्स, होटल र उर्जा कम्पनीहरुमा लगानीकर्ताको भोक देखिएको छ। अमेरिकी राष्ट्रपति पदमा जो बाइडेन निर्वाचित भएपछि विश्व सेयर बजारमा पहिले नै सकारात्मक परिणाम देखि सकिएको छ। अहिले कोरोना विरुद्धको खोप विकासमा सफलता हाल लागेपछि विश्वका लगानीकर्ताको मनोबल अझ धेरै उच्च बन्न पुगेको छ। 

 


Share this with your friends: