कोरोना प्रभावः अमेरिकी बीमा कम्पनीहरुलाई कर्मचारी भर्नामा कठिनाई

2020-09-09
कोरोना प्रभावः अमेरिकी बीमा कम्पनीहरुलाई कर्मचारी भर्नामा कठिनाई

काठमाण्डौ । अमेरिकाका बीमाकर्ताहरुलाई नयाँ कर्मचारी भर्ना गर्न समस्या परेको छ। अमेरिकी बीमाकर्ताहरुले अर्काे वर्षका लागि रिक्त रहेका वर्तमान पदहरु परिपूर्ति गर्न र कर्मचारीको संख्या विस्तार गर्न चाहेपनि कोरोना महामारीका कारण आफुहरुले समस्याको सामना गरिरहनु परेको बताएका छन्। यतिबेला अमेरिकामा बेरोजगारी दर बढीरहेपनि त्यहाका बीमा कम्पनीहरुले कर्मचारी भर्नाका लागि समस्याको सामना गरिरहनु परेको छ। 

सर्भेमा सहभागि अमेरिकाका करीब ८३ प्रतिशत बीमा कम्पनीहरुले अबको १२ महिनाभित्र आफ्ना कर्मचारीहरुलाई कायम राख्ने वा बढाउने बताएका छन्। तर ११ कार्यात्मक क्षेत्रमा गरिएको अध्ययनको रिपोर्ट मध्य ८ वटाले कर्मचारी भर्नाका लागि एक वर्ष अघिको भन्दा अहिले धेरै कठिनाइहरुको सामना गरिरहनु परेको बताएका छन्। 

“समग्र अर्थतन्त्रको तुलनामा बीमा उद्योग स्थिर साबित भएको छ र बीमाकर्ताहरु बीच शीर्ष स्थानका लागि प्रतिष्र्पधा चलिरहेको छ।” ज्याकोबसन् का को–सिईओ ग्रेगरी ज्याकोबसन्ले भने। “महामारीको समयमा कर्मचारी भर्ना संग सम्बन्धीत समस्याहरु कम भएका छैनन र यसले प्राय बीमा कार्यहरुलाई केहि हद सम्म प्रभाव पारिरहेका छन्। यद्यपी अबको १२ महिनामा रोजगारमा वृछि हुनेछ तर यसको गति भने कम हुनेछ।” उनले भने। 
यदि बीमा उद्योगले आफ्नो योजना अनुरुप कर्मचारी भर्ना गर्न थाल्यो भने स्टाफिङमा अर्काे वृद्धि अझै पनि तुलनात्मक रुपमा सानो हुनेछ। अबको १२ महिना सम्म अमेरिकाको बीमा उद्योगको स्टाफिङ ०.९९ प्रतिशतले वृद्धि हुनेछ। 

बीमाकर्ताहरुले मुख्य गरी प्रविधि, अन्डरराइटिङ, र एनालिटीक्स जस्ता क्षेत्रमा कर्मचारी भर्ना गर्न चाहेको बताएका छन्। करीब ६० प्रतिशत बीमा कम्पनीहरुले ६ महिना अघिको भन्दा १९ अंक कम आम्दानी हासिल गर्ने अनुमान लगाएका छन्। त्यस्तै ३० प्रतिशत कम्पनीहरुले फ्ल्याट ग्रोथको अपेक्षा गरेका छन्। जुन यो वर्षको जनवरी महिनाको भन्दा १३ प्रतिशत कम हो।  

 


Share this with your friends: