कोरोना महामारीका कारण केन्याका बीमकहरुलाई पूँजि थ्रेसहोल्डमा छुट

2020-10-06
कोरोना महामारीका कारण केन्याका बीमकहरुलाई पूँजि थ्रेसहोल्डमा छुट

काठमाण्डौ । केन्याको सरकारले त्यहाँका बीमकहरुलाई ६ महिनासम्मका लागि पूँजि आवश्यकताहरुको पालना गर्नमा छुट प्रदान गरेको छ।

बीमकहरुले कोरोना महामारीका क्रममा दावि भुक्तानीहरुमा वृद्धिको सामना गर्नुपरिरहेको साथै कम बीमा शुल्क आर्जन गरिरहेकाले यो छुट प्रदान गरिएको हो। 

केन्याको स्थानिय पत्रिका, डेलि अफ्रिकाका अनुसार पूँजिको थे्रसहोल्ड पूरा गर्न असफल हुने बीमकहरुले आफ्नो सञ्चालन इजाजतपत्र गुमाउने छैनन। 
यो छुट दिइनु अघि विभन्न जोखिमहरु जस्तै, अन्डराराइटिङ, बजार, ऋण र सञ्चालनलाई मध्य नजर गर्दै केन्याका बीमकहरुले हरसमय सतप्रतिशत प्रतिशत क्यापिटल एक्युडेसी रेसियो(पूँजि पर्याप्तता अनुपात कायम राख्नुपथ्र्याे। 

त्यसैले यो अप्लकालिन छुट अन्डरराइटरहरुलाई चुनौतीपूर्ण व्यवसायीक वातावरणमा समायोजन गर्न दिइएको हो। जसका माध्यमबाट कम्पनीहरुले अधिक पूँजि जुटाउने दवावबाट छुटकारा पाउनेछन्। 

रिपोर्टका अनुसार कोरोना महामारीले मध्य मार्चदेखि केन्याका बीमकहरुलाई चुनौती दिन थालेको थियो। यसले कोरोना लागेर अस्पताल भर्ना भएका र मृत्यु भएका ग्राहकहरुको दावि भुक्तानी ह्वात्त्तै बढाएको थियो। 

महामारीका कारण व्यक्ति तथा व्यवसायहरुको आम्दानी घटेकाले बीमा शुल्क संकलन गर्न भएको कठिनाइले चुनौतीलाई बढावा दिएको छ। 

कोरोना महामारीका कारण प्रभावित केन्याको अर्थतन्त्रले रोजगारी र कामदारको आम्दानीको कटौतिको सामना गरिरहेको छ। यसका साथै व्यवसायहरुले पनि कम नाफा र बिक्रीको गिरावटको सामना गरिरहेका छन्। जसको नतिजा स्वरुप उनीहरुको विभिन्न बीमा पोलिसीहरुको प्रिमियम तिर्न ढिलासुस्ती भइरहेको छ। 

 


Share this with your friends: