कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

2020-10-07
कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ। 
डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट २०२०” को रिपोर्टका अनुसार यस क्षेत्रको मोटर इन्स्योरेन्स बजारको रिटन प्रिमियम २२७.१ बिलियन डलर(सन् २०१९) बाट बढेरे सन् २०२३ सम्म २५७.८ बिलियन डलर पुग्नेछ। रिपार्टमा सन् २०१९ देखि २०२३ सम्म एशिया प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार ३.२ प्रतिशतको वार्षिक वृद्धिदरले बढ्ने प्रक्ष्येपण गरिएको छ। 

यस क्षेत्रमा तीव्र गतिमा बढीरहेको मध्य वर्गको जनसंख्याबाट नयाँ सवारी साधनको मागमा वृद्धि हुन सक्ने र र यसले गर्दा बिक्रीमा उछाल आउने भएकाले मोटर इन्स्योरेन्स क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि देखिने रिपार्टमा उल्लेख गरिएको छ। 

बजारको वृद्धिको बारेमा बोल्दै ग्लोबल डेटाको इन्स्योरेन्स विश्लेषक डेब्लीना मित्राले अहिलको सुस्त वृद्धिका बाबजुत पनि आर्थिक गतिबिधिहरु पुनः सुचारु गरेकाले कयौ देशहरुमा पुर्नउत्थानका संकेतहरु देखिएको बताएकि छिन्। 

“एशिया प्रशान्त क्षेत्रको मोटर इनस्योरेन्स बजारको करीब ५० प्रतिशत हिस्सा ओगटेको चीनमा यो वर्षको जुलाई महिनामा नयाँ सावरी साधनको बिक्री १६.४ प्रतिशतले वृद्धि भएको छ। यसले बजारको पुर्नउत्थानलाई संकेत गर्दछ।” मित्राले भनिन्। 

मोटर इन्स्योरेन्स बजारमा अवलोकन गर्न सकिने अर्काे मुख्य ट्रेण्ड भनेको प्रडक्टको इनोभेसनहरुको तीव्रता हो। 

कोरोना महामारीको नियन्त्रणका लागि लागु गरिएका प्रतिबन्धहरुका दौरान कारको प्रयोग कम भएकाले बिक्रीलाई बढावा दिनका लागि मोटर इन्स्योरेन्स कम्पनीहरुले सर्ट टर्म कार इन्स्योरेन्स र पे–एज–यु–गो जस्ता नयाँ इन्स्योरेन्स प्रडक्टहरु अफर गरेका छन्। 

“यस्ता पोलिसीहरुको प्रिमियम कारहरुमा जडान गरिएको टेलिम्याटिक्स यन्त्रले मापन गरेकोे वास्तविक दुरीका आधारमा निर्धारण गर्ने गरिन्छ। उपभोक्ताहरुले आफ्नो वास्तविक उपयोगका आधारमा बीमा शुल्क तिर्ने भएकाले निम्न प्रिमियम कायम हुन्छ र यसले उपभोक्ताहरुलाई अधिक लचकता प्रदान गर्ने गर्दछ।” मित्राले भनिन्। 

अहिले अष्ट्रेलियाका इन्स्योरेन्स स्टार्ट अपहरु जस्तै युवि कार र कोगानले पे–एज–यु–गो इन्स्योरेन्स पोलिसी अफर गरिरहेका छन् ।  

 


Share this with your friends: