कोरोना महामारीले दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुलाई वृद्धिको अवसर प्रदान गर्दै

2020-10-20
कोरोना महामारीले दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुलाई वृद्धिको अवसर प्रदान गर्दै

काठमाण्डौ । कोरोना महामारीले निम्त्याएको स्वास्थ्य कभरेजको बढ्दो माग र कठिन बजार अवस्थाका बाबजुत दक्षिणपूर्वी एसियाले स्थानिय पुनर्बीमा कम्पनीहरुलाई वृद्धि हुने मौका प्रदान गरेको छ। 

एएम वेष्टको रिपोर्टका अनुसार अप्रयाप्त मूल्य निर्धारण र ठूला प्रकोप सम्बन्धि दाबीहरुका कारण गत वर्ष दक्षिणपूर्वी एसियामा सञ्चालित पुनर्बीमा कम्पनीहरुले अन्डरराइटिङ घाटा व्यहोरेका थिए। यसको बाबजुत पनि यस क्षेत्रका स्थानिय पुर्नबीमा कम्पनीहरुलाई वृद्धिको अवसर रहेको रिपार्टमा उल्लेख गरिएको छ। 

उक्त रिपार्टमा सन् २०१९ मा दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुको प्रिमियरमा उल्लेख्य वृद्धि देखिएको जनाइएको छ। यद्यपी यो नतिजाले अन्डरराइटिङ नतिजामा फाइदा पुर्याएन। यसको बाबजुत यस क्षेत्रको पुनर्बीमा बजार सुधार हुने संकेतहरु देखिएका छन्। 

रिपोर्टका अनुसार यस क्षेत्रबाट धेरैजसो पुनर्बीमा अन्डरराइटरहरुको बर्हिगमन र कोरोना महामारीका कारण विश्वका पुनर्बीमा कम्पनीहरुको कडा अन्डरराइटिङ अभ्यासहरुले यस क्षेत्रको पुनर्बीमा कम्पनीहरुको क्षमता घटाउनुका साथै रेटहरु बढाइदिएको छ। 

यसैबीच अहिले चलिरहेको कोरोना महामारीले जीवन तथा स्वास्थ्य बीमा क्षेत्रको ग्रोथ ट्रेण्डलाई बढावा दिएको छ। ग्राहकहरु बीमाको फाइदाबारे सचेत भएका कारण कभरेजको मागमा आएको बढोत्तरीका कारण यस्तो भएको हो। 

एएम वेष्टले दक्षिणपूर्वी एसियाको स्वास्थ्य बीमाको पेनीन्ट्रेसन न्युन भएपनि स्वास्थ्य बीमा क्षेत्रले अन्य व्यापारका क्षेत्रहरुलाई पछाडि पार्ने अनुमान लगाएको छ। 

स्वास्थ्य बीमा व्यवसायको तिव्र फैलावटका कारण अन्डरराइटिङ जोखिमहरु बढेपनि रेटिङ एजेन्सी एएम वेष्टले दक्षिणपूर्वी एसियाका घरेलु पुनर्बीमा कम्पनीहरुको ब्यालेन्स सिट भने मजबुत रहने अपेक्षा गरेको छ। 

यि कम्पनीको जोखिममा आधारित बलियो पँुजिकरणको स्तरले अन्डरराइटिङ जस्ता जोखिमहरुलाई सम्हालन सक्ने रिपार्टमा उल्लेख गरिएको छ। 

यसका साथै जीवन तथा स्वास्थय बीमा व्यवसाय सामान्यतया विनाशकारी जोखिमसँग एक्सपोजर नहुने, परम्परागत सम्पत्ति तथा दुर्घटना व्यवसायहरुभन्दा स्थिर हुने र व्यवसायिक बिजनेश लाइनभन्दा कम पूँजि आवश्यक पर्ने एएम वेष्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

समग्रमा जीवन र स्वास्थय बीमाको मागमा देखिएको यो वृद्धिले दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुलाई विश्वका पुनर्बीमा कम्पनीहरुसँग स्वस्थ प्रतिस्पर्धा गर्न सहयोग पुर्याएको छ।  

 


Share this with your friends: