कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

2020-10-29
कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई यसैका आधारमा उनीहरुको स्वास्थ्य रणनीतिका बारेमा पुनर्विचार गर्न बाध्य पार्ने मुडिज् इन्भेस्टरर्स सर्भिसको एक नयाँ रिपोर्टमा उल्लेख गरिएको छ।

“कोरोना प्रकोपले सर्वसाधारणलाई स्वास्थ्य व्यवस्थापनको आवश्यकता, रोगको रोकथाम र अनलाइन च्यानलका माध्यमबाट मेडिकल सेवाहरु लिने बारे धेरै नै सचेत बनाएको छ। जसले बीमा कम्पनीहरुका लागि विभिन्न स्वास्थ्य बीमा समाधान र नयाँ इन्गेजमेन्ट च्यानलहरुको माग बढाउनेछ।” मुडिज्का उपाध्यक्ष र वरिष्ठ विश्लेषक फ्र्यांक युऐन भने। 
यसको अलावा रिपोर्टमा कोभिड १९ प्रकोपका कारण केहि स्थानहरुमा चिकित्सा सुविधाहरुमा भारी बोझ उत्पन्न गर्ने संक्रमित मामिलामा वृद्धिका साथ वर्तमान प्रणालीको सुुधारमा तिव्रता आउन सक्ने जनाइएको छ। 

तिव्र सुधारहरुले चीनको बुढ्यौलि जनसंख्या र बढ्दो आम्दानीसँग मिलेर उच्च गुणस्तरको स्वास्थ्य सेवाको माग बढाउनेछ, निजी क्षेत्रको अधिक लगानी आर्कषित गर्नेछ र व्यवसायिक बीमकहरुको भुमिका विस्तार गर्नेछ। 

“स्वास्थ्य सेवाको तिव्र व्यवसायिकीकरणले बीमकहरुको भुमिका विस्तार गर्नुका साथै उनीहरुको फ्रेन्चाईज ग्रोथलाई बढावा दिनेछ।” युऐनले भने। 
यि घटनाक्रमहरुले चीनको स्वास्थ्य प्रणालिभित्र नयाँ बिजनेश मोडलहरु भित्र्याउनेछ। बीमकहरुले स्वास्थ्य सेवा आपूर्ति श्रृखला पूर्ण रुपमा एकिकृत गर्ने र पोलिसीहोल्डरहरु र स्वास्थ्य सेवा प्रदायकहरु संग प्रत्यक्ष रुपमा जोडिने भएका कारण परम्परागत भुक्तानीकर्ता मोडल त्याग्ने रिपोर्टमा उल्लेख गरिएको छ। यसो गर्न बीमकहरुले आफ्नो क्षमता विस्तार गर्न सक्ने वा स्वास्थ्य सेवामा तेस्रो पाटीसँग साझेदारी गर्न सक्ने जनाइएको छ। 


Share this with your friends: